काठमाडौं । अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको एनसेलकाे मुद्दामा आज सुनुवाइ हुँदैछ । स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो। एनसेलको मुद्दा आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ।
२०७२ चैत २९ गते एनसेलको स्वामित्व (८० प्रतिशित) टेलिया सोनेराबाट आजियटामा सरेको थियो। स्वामित्व परिवर्तन हुँदा लाग्ने करस्वरूप ठूला करदाता कार्यालयले २०७७ पुस १० गते प्रारम्भिक कर निर्धारण गरेको थियो। यसको विरोधमा एनसेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ। आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाइ तोकिएको थियो। सोमबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा समय अभावले हेर्न नभ्याइनेमा परेको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend