काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ ।
हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले आठ जनालाई छाडेको हो । हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईँका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ ।
जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् ।
पहिलो पटक ६ जनालाई हाजिर जमानीमा छाड्ने सरकारी वकिल कार्यालय सहमति दिएपछि ६ जनालाई छाडिएको थियो । पछि थप दुई जनालाई छाडिएको थियो ।
उनीहरू हाजिरी जमानीमा छुटे पनि मुद्दा भने चलिरहने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend