काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको रहेको वेला दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको बताएका छन् । मङ्गलवार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरेको दाबी गरे । ‘मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो । थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए,’ प्रचण्डले भने ।
साथै, उनले संयुक्त राष्ट्रसङ्घ, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्मेलन लगायतका मञ्चमा आफूले बलियो उपस्थिति समेत जनाएको प्रचण्डको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय क्षेत्रमा चाहे त्यो संयुक्त राष्ट्रसङ्घको कुरा गरौँ, चाहे जलवायु परिवर्तनको कुरा गरौँ, चाहे अन्तर्राष्ट्रिय सम्मेलनको कुरा गरौँ हामीले नेपाल र नेपालीको पक्षमा र, त्यति बेला नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो । मैले ४७ देशको अध्यक्षको नाताले पनि सबै गरिब देशको समस्यालाई राष्ट्रसङ्घमा राख्ने र नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको थियो,’ पूचण्डले भने ।
राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको प्रचण्डले सुनाए । ‘यसरी भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो,’प्रचण्डले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend