Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरले हटाएका स्वास्थ्यकर्मीहरुले लगाए स्वास्थ्य महाशाखामा ताला


    मंगलबार, बैशाख २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ ।

    माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको महानगर स्रोतले जानकारी दिएको छ ।

    के थियो विवाद ?
    गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महानगरले स्वास्थ्यका ५९ जना कर्मचारीलाई हाजिर गराउन रोक लगाएको थियो ।

    महानगरको उक्त निर्णयविरुद्ध कर्मचारीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले माघ १३ गते अन्तिम आदेशको टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो । तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीले तालाबन्दी गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार