Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन गइरहेछ झ्याप-झ्याप बिजुली ? यस्तो छ कारण


    मंगलबार, बैशाख २ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा लोडसेडिङको भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    देशका विभिन्न क्षेत्रमा आएको हावाहुरीका कारण छोटो समय विद्युत सेवा अवरुद्ध भएको हुने सम्बन्धमा लोडसेडिङ भएको भन्दै भ्रामक सूचनाहरु आएको भन्दै प्राधिकरणले विज्ञप्तिमार्फत आफ्ना ग्राहकलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सधैँ प्रतिवद्ध रहेको बताएको हो ।

    प्रतिकूल मौसमका कारण अवरुद्ध बिजुली पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिनरात निरन्तर काम भई अधिकांश स्थानमा यथाशीघ्र विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणले जनाएको छ ।

    पोल ढल्ने, तार लत्रिनेजस्ता विद्युतीय संरचनामा क्षति हुँदा जनधनको समेत क्षति हुन सक्ने भन्दै सुरक्षित रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार