काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९( सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् ।
अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।
‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरू सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध छ’ अर्थमन्त्री पौडेलको जवाफ छ ।
‘बैंक तथा वित्तीय संस्थाहरू जस्तै कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा गरेको छ भने, पोखरा फाइनान्स समस्या उन्मुख छ । अर्थतन्त्र समस्याग्रस्त भएको यो संकेत हो । यस्ता समस्या कहाँ कहाँ छन् रु अर्थतन्त्रमा देखिएका यी समस्या समाधान गर्न सरकारका रणनीति के हुन रु भन्दै गौतमले प्रश्न गरेकी थिइन् ।
जवाफमा अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताएका छन् । कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रूपमा हुँदै आएको जवाफमा उल्लेख छ ।
अर्थतन्त्रमा देखिएका वास्तविक समस्याहरू पहिचान गर्न र त्यस्ता समस्याहरूको लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको स्मरण गर्दै उक्त आयोगको प्रतिवेदनमा दिइएका सुझावहरू क्रमशः कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।
त्बनक स्
अर्थतन्त्र
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend