Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै


    मंगलबार, बैशाख २ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

    सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ गर्दैछ ।

    उनी पछिल्लो समय सीमा सुरक्षा विभागको प्रमुखको रुपमा कार्यरत थिए । २०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।

    उनी अवकाशमा जाने भएसँगै सशस्त्रमा रिक्त हुने एक एआईजी पदमा बढुवा हुने बाटो खुलेको छ । त्यसका लागि केही समय अघि मात्रै डीआईजीको पदावधि थपिएका डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरुसँगै सि. सं १ का टोलीहरु पनि एआईजीको प्रतिस्पर्धामा छन् ।

    रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति भावि सशस्त्र प्रहरी प्रमुखको मुख्य दाबेदार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो हुने देखिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार