Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा


    मंगलबार, बैशाख २ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् ।

    ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले आफ्नो अनुभववारे भने ।

    उनले राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोडदैँ उनले भने, ‘अबको गभर्नर को हो रु भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था छ ।’

    ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि रु भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ रु’ थापाले प्रश्न गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार