Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी


    सोमबार, बैशाख १ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि उनी सोमबार बिहान १० बजेतिर डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई आइतबार वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको थियो । डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले फैसलाको कागजात आइपुगेपछि गिरी आज बिहान थुनामुक्त भएको जानकारी दिए ।

    यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गर्दै वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । गरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार