काठमाडौँ। काठमाडौँमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा ओमानले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो ।
नेपालका बलर युवराज खत्री एक्लैले पाँच विकेट लिएपछि ओमान सस्तैमा समेटियो । खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पारेका हुन् । सन्तोष यादवले दुई विकेट लिए ।
ओमानका लागि तेस्रो नम्बरमा आएका जित ब्रजेश साहले ५२ रन हान्दै टीमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, अन्य ब्याटरहरूले उल्लेख्य रन जोड्न सकेनन् । ओमानका तीन जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend