काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा भएको आगलागीबाट रोकिएको क्षेत्रमा विद्युत आपुर्ति सुचारु गर्न प्राधिकरण द्रुत रुपमा लागेको छ ।
आइतबार दिउँसो अचानक भएको आगलागीका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको आपूर्ति प्रभावित भए पनि अधिकांश क्षेत्रमा हिजैदेखि आपूर्ति पुनःस्थापित भइसकेको प्राधिकरणले जानकारी दिएको छ।
भूमिगत लाईन परीक्षणको क्रममा अगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पार्नुभयो। उनका अनुसार ब्रेकर प्यानलको स्विच सञ्चालन गर्ने क्रममा ‘स्पार्क’ भई आगलागी भएको हो। “जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ,” उनले बताए।
बूढानिलकण्ठ र चपली सबस्टेशनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले जानकारी दिनुभयो। उनका अनुसार तत्कालका लागि स्युचाटार सबस्टेशनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।
“केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो। केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ, जुन आजभित्रै व्यवस्थापन गरिनेछ,” कार्यकारी निर्देशक शाक्यले बताए।
उनले प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend