Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • हुम्लामा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु


    सोमबार, बैशाख १ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हुम्ला । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गए राती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा चङ्खेली गाउँपालिका-२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनीहरू दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए ।

    चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।

    चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुवै जनाको उपचारका लागि श्रीमष्ठा प्राथमिक स्वास्थ्य चौकी पुर्‍याइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार