Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • दशकौैंपछि यो बर्ष उठेन विस्का जात्राको लिंगो


    सोमबार, बैशाख १ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर  । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार उठाउन असफल भएको छ ।

    भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल नभएको हो ।

    राति १ बजेसम्म पनि आधी मात्रै उठन सफल भएको थियो । नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ ।

    आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने परम्परा छ । दसकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो ।

    यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार