काठमाडौं । यो वर्ष जम्मा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ। नेपालमा राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा छन्।
दसैँ र तिहारसमेत विभिन्न पर्वका जम्मा बिदा २८ दिन हुनेछ भने गणतन्त्र दिवससमेत विभिन्न दिवसको कूल बिदा ६ दिन परेको छ। यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन्।
हेर्नुहोस् २०८२ सालको बिदा सूची:
वैशाख
वैशाखमा ४ दिन शनिबार परेका छन्। यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकैदिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ।
जेठ
जेठमा ५ दिन शनिबार। अनि जेठ १५ गते गणतन्त्र दिवस।
असार
असारमा ४ शनिबार। अन्य बिदा छैन ।
साउन
साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन्।२५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा।
भदौ
भदौमा ४ शनिबार। भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ। १० गते हरितालिका (तीज)। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व।
असोज
असोजमा ४ शनिबार। ३ गते संविधान दिवस। असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा।
कात्तिक
कात्तिकमा ५ शनिबार। कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा। कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा।
मंसिर
मंसिरमा ४ शनिबार। मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा।
पुस
पुसमा ४ शनिबार। पुस १० गते क्रिसमस डेको बिदा। पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा।
माघ
माघमा ४ शनिबार। माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा। माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा।
फागुन
फागुनमा ५ शनिबार। ३ गते महाशिवरात्रिको बिदा। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई-मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा।
चैत
चैतमा ४ शनिबार। ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा)। चैत १३ गते रामनवमीको बिदा।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend