Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ लाख १२ हजार नगदसहित १३ जना जुवाडे पक्राउ


    आइतबार, चैत्र ३१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । धनगढी उपमहानगरपालिका–३ भाटभटेनीबाट १३ जुवाडे पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार