Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    आइतबार, चैत्र ३१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    बाजुराको त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र साउद, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    उनीहरूले गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार