Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा ईश्वर पोखरेल र प्रभु साहलाई कालो झण्डा


    सोमबार, पुष २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बारामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालो झण्डा देखाएकाे हाे।

    सोमबार ओली समूहको नेकपाले गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

    कालोझण्डा देखाउने क्रममा अखिलका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला संयोजक राजेश्वर कुशवाहा, विद्यार्थी नेता सन्दीप साहसहित १० जनालाई बारा प्रहरीले पक्राउ गरेको अखिलका नेता सूर्यनारायण साहले जानकारी दिए ।

    विद्यार्थीहरुले असंवैधानिक ढंगले संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री बन्नकै लागि गलत कार्यमा समर्थन र सहयोग गरेको भन्दै विरोधस्वरुप कालोझण्डा देखाइएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार