Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रविको मुद्दामा सुनवाइ सकियो, केही बेरमा आदेश आउने


    आइतबार, चैत्र ३१ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सुनवाइ सकिएको छ ।

    सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सो सुनवाइ सकिएको हो । अब केही बेरमा आदेश आउने जनाइएको छ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको बिरूद्द सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायधिस ढुंगानाको इजालासमा परेको हो ।

    गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो।

    लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार