Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह


    आइतबार, चैत्र ३१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन् ।

    झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने अभियानमा रहेको जिकिर गरे ।

    प्रधानमन्त्री ओलीले गौरादहमा निर्माण हुने उक्त अस्पतालले स्थानीय बासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।

    उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उक्त अस्पताल भवनको शिलान्यास भएको हो ।

    अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार