काठमाडाैँ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा बेरोजगारी समस्या सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । बैठकमा बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना महामारीसँगै अधिकांश सर्वसाधारणको रोजगारी खोसिएको बताउनुभयो ।
शिक्षा, पर्यटन, निर्माण, उद्योग, यातायातलगायत स्थानमा कोरोनाको प्रभावका कारण रोजगारी गुमाउनुपरेका सर्वसाधारणका लागि स्वरोजगार हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले श्रम बजारमा आउने लाखौँ नेपालीका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता भएको उल्लेख गर्नुभयो । संविधानले रोजगारीलाई मौलिक हकका रुपमा उल्लेख गरेकाले रोजगारी गुमेकै कारण सर्वसाधारणको दैनिकी सञ्चालनमा परेको प्रभावबारे गम्भीर बन्नु आवश्यक रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार देशमा नौ लाख र विदेशमा तीन लाख नेपालीले रोजगारी गुमाएको उल्लेख गर्दै उहाँले कोरोना प्रभावित व्यवसाय बचाउन व्यवसाय जीवनरक्षा कोष स्थापना गरिए पनि त्यो कार्यान्वयनमा नआउँदा बेरोजगारी समस्या कम गर्न कठिनाइ भएको बताउनुभयो ।
प्रस्तावको समर्थन गर्दै प्रदेशसभा सदस्य हरिशरण आचार्यले स्वरोजगार अभिवृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै त्यसका लागि बिना धितो ऋण दिनेलगायत विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । कोरोनाका कारण धेरैको रोजीरोटी खोसिएको बताउँदै उहाँले पछिल्ला समयमा भित्रिरहेका प्रविधिसँगै धेरैको रोजगारी खोसिएको तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्का सदस्य प्रकाशचन्द्र दवाडीले कोरोनाका कारण उद्योग, कलकारखाना बन्द हुनुका साथै बैदेशिक रोजगारीमा गएकाहरू बेरोजगार बन्दै फर्कनु परेको अवस्थाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेशमा ६७ हजार ७०० ले विदेशमा रोजगारी गुमेर आएको बताउँदै उहाँले ती व्यक्तिका लागि रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभासद मोहनप्रसाद रेग्मीले सरकारले कृषिलगायतका क्षेत्रमा स्वरोजगार अभिवृद्धिका कार्यक्रम ल्याई कार्यान्वयनमा लगेको बताउनुभयो । समृद्धि र विकासका लागि सरकारले अघि सारेका योजनाले गति लिंदै गरेका अवस्थामा देखिएको कोरोना प्रभावले अपेक्षित सफलता हासिल गर्न नसकिएको उहाँको भनाइ छ । बैठकमा सदस्यहरू इन्द्रलाल सापकोटा, विष्णुप्रसाद लामिछाने, पियारी थापा, मनबहादुर गुरुङ, मधु अधिकारी गुरुङ, डोबाटे विश्वकर्मा, सावित्रा राना, विनोद केसी, मीना गुरुङ र पुष्पा केसी भण्डारीले रोजगारमूलक कार्यक्रमका माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफमा सामाजिक विकासमन्त्री नरदेवी पुनले सरकारले स्वरोजगार अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खननलगायत क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउँदै रोजगारी सिर्जनाका लागि सरकार लागेको छ भन्नुभयो । स्वरोजगार अभिवृद्धिकै लागि विभिन्न क्षेत्रमा अनुदान, कृषिको यान्त्रिकीकरण जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँको भनाइ छ । गरिबी निवारणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै मन्त्री पुनले साना सिँचाइ, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आदिले गरीबी निवारणमा योगदान गरेको उल्लेख गर्नुभयो । प्रदेशसभाको अर्को बैठक पुस २८ गते बिहान ११ बजे बस्नेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend