Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फोनिजको केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित


    आइतबार, चैत्र ३१ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भैरहवा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

    रुपन्देहीमा जारी फोनिजको आठौं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।

    यस्तै, प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा भने आज निर्वाचन हुने बताइएको छ ।

    लुम्बिनीमा आयोजित महाधिवे्शनमा फोनिज​कका संघीय समिति, ८ प्र​देश​, ६६ जिल्ला, ८ जातिय​ संस्थागत​ स​द​स्य​ र​ ८ प्र​वास​ स​मितिबाट​ ५१७ ज​ना प्र​तिनिधिह​रु तथा प​र्य​वेक्ष​कहरू उपस्थित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार