काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । शनिवार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग,व्यापार,पर्यटन,शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायिको भूमिका अतुलनिय रहेको बताए ।
उनले कृर्षि उत्पादनको बजारसम्म पहुँच,मानव स्रोतमाथिको निर्भरता लगायत सीमा पार व्यापारमा यातायात व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताए । “सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरू छन ।” मन्त्री लेखकले भने “तपाईँहरूले उठाउँदै आएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।”
यातायात क्षेत्रमा नियमको कार्यान्वयन,व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी,मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाई थियो । “विभिन्न समस्याका बावजुत पनि राम्रोसँग सेवा दिई रहेका छन् । ‘तपाईँहरूले राम्रो गर्दागर्दै केही कमीकमजोरीहरू आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।’ उनले भने “यातायात व्यवसायीहरूले भाडादरमा पारदर्शिताको अभाव,सेवाको गुणस्तरमा कमी,यात्रु सुरक्षामा लापरबाही,हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति,प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।”
उनले आफू २०६३ सालदेखी कुनै न कुनै रूपमा यातायात क्षेत्रसंग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । “हिजो मात्र मैले काठमाडौंमा यातायातसंग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसंग जोडिएका बिमा लगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौ ।” उनले भने “यातायात व्यवसायीले उठाएका विषय महत्त्वपूर्ण छन र आगामी दिनमा हुने छलफलमा यी कुराहरूलाई समाधान गर्ने तर्फ पहल गर्ने छु ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend