काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुनेको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई आवश्यकताअनुसार उपचारको प्रबन्ध गर्न आदेश दिएको छ।
गएराती भारतबाट पक्राउ परेका प्रसाईंलाई आज (शुक्रबार) प्रहरीले काकडभिट्टा नाका हुँदै काठमाडौं ल्याएर म्याद थपका लागि अदालत उपस्थित गराएको थियो।
प्रसाईंसहित उनका बडिगार्ड भनिएका दीपक खड्कामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको हो।
न्यायाधीश शिशिरराज ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
दुर्गा प्रसाईंको हकमा भने आवश्यक उपचारको प्रबन्ध गर्न पनि आदेश भएको सूचना अधिकारी श्रेष्ठले बताए।
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो। प्रदर्शनमा दुई जना मारिएका थिए। दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो।
प्रसाईं सोही दिनदेखि फरार थिए। उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंमै रहेको बताउँदै आएका थिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend