Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति


    शुक्रबार, चैत्र २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    चैत्र १५ गते राजावादी आन्दोलनमा हिंसात्मक रुपमा प्रस्तुत भएपछि फरार रहेका प्रसाईंलाई शुक्रबार राति भारतबाट पक्राउ गरेको हो । उनलाई आज भद्रपुर विमानस्थलबाट विमानमार्फत काठमाडौं ल्याएको थियो ।

    प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

    प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

    यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार