Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता


    शुक्रबार, चैत्र २९ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

    कारागार कार्यालय रुपन्देहीले पठाएको निवेदन दर्ता गरिएको अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिएका छन् ।

    उनले भने, ‘कारागार कार्यालय रुपन्देहीले पठाएको निवेदन दर्ता भइसकेको छ ।’

    गत चैत २२ गते उच्च अदालत बुटवलको न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार