काठमाडौं । सुनसरीको धरान-६, पानबारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या गरिएको पत्ता लागेको छ। उनको हत्या आरोपमा उनका देवर, देवरानी, नन्दसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
एकजना भने परिवारका सदस्यभन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ। तर अनुसन्धानकै क्रममा रहेकाले उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन ।
पछि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने प्रहरीको भनाइ छ। उनीहरूलाई भाग्दै गर्दा बिहीबार राति झापा र मोरङबाट गरेको प्रहरीले जनाएको छ ।
घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सुनसरीको धरान उपमहानगरपालिका(६, स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चुनकुमारीलाई फकाएर जंगलमा लगी हत्या गरिएको खुलेको छ। उनको घाँटी र शरीरका अन्य भागमा चोट थिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend