Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत महिलाको हत्या भएको खुलासा, देवरसहित ४ जना पक्राउ


    शुक्रबार, चैत्र २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको धरान-६, पानबारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या गरिएको पत्ता लागेको छ। उनको हत्या आरोपमा उनका देवर, देवरानी, नन्दसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    एकजना भने परिवारका सदस्यभन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ। तर अनुसन्धानकै क्रममा रहेकाले उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन ।

    पछि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने प्रहरीको भनाइ छ। उनीहरूलाई भाग्दै गर्दा बिहीबार राति झापा र मोरङबाट गरेको प्रहरीले जनाएको छ ।

    घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सुनसरीको धरान उपमहानगरपालिका(६, स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन्।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चुनकुमारीलाई फकाएर जंगलमा लगी हत्या गरिएको खुलेको छ। उनको घाँटी र शरीरका अन्य भागमा चोट थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार