Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले आजपनि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ८५ हजार


    शुक्रबार, चैत्र २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

    बिहीबार तोलामा ५ हजार ७ सय रुपैयाँ बढेर नयाँ बिन्दूमा पुगेको सुनको भाउ आज पनि ३ हजार नौसय रुपैयाँले बढेर नयाँ रेकर्ड कायाम गरेको हो ।

    शुक्रबार सुन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर तोलाको एक लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यो सुनको भाउ अहिलेसम्मकै सबैभन्दा महँगो हो।बिहीबार पाँच हजार सातसय रुपैयाँ बढे प्रतितोला एक लाख ८१ हजार एकसय रुपैयाँ पुगेको थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर एक हजार नौसय पाँच रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार