रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युननिस्ट पार्टी (नेकपा) देश र जनताको हितको लागि भन्दा पनि पद स्वार्थको लडाईमा लागेको बताएका छन् ।
रिपोर्टस्र क्लब लुम्बिनी प्रदेश बुटवलले सोमवार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा नेता भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको नयाँ संविधानमा उल्लेख नभएको संसद् विघटन गर्ने कार्य गरेको बताए ।
साक्षात्कारमा नेता भण्डारीले ‘कोरोना महामारीका बेला पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै जनताका बारेमा गम्भीर कुरा गर्नुभयो?’भनी प्रश्न गरे । उनले यो सबै स्वार्थको बहसमात्र भएको बताएका छन् ।
यही स्वार्थले अहिले देशको भविष्य जोखिममा पुगेको उनले सुनाए । नेता भण्डारीले भने, ‘नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई ७२ करोड रुपैयाँ सर्प पाल्नका लागि खर्चिने मान्छेले कोरोना महामारीका बेला जनताका लागि औषधी खरिद बारेमा कहिल्यै सोच्नु भयो ?’ भने । उनले जनताले स्थायी सरकार निर्माणका लागि दिएको अमूल्य भोटको नेकपाको किचलोले धज्जी उडाएको जिकिर गरे ।
साथै उनले भने, ‘संसद् विघटन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा विचाराधिन अवस्थामा रहेकाले पूर्वन्यायाधीशहरुले नेपथ्यबाट फैसला गर्न खोज्नुले सर्वोच्च अदालतमाथि आक्रमण गर्न खोज्नुसरह रहेको विश्लेषण गरे । विगतमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएका बेला त्यतिबेलाको चुनावमा पनि धेरैले भोट हाल्न नभएको स्मरण गर्दै आगामी चुनावबाट कोही पनि भाग्न नहुने सुझाए ।
यद्यपि उनले दुई तिहाईको सरकार चलाउन नसकेको अवस्था जनता सामु जानुपर्ने संविधानमा स्पष्ट जनाइएको अवस्थामा संसद् विघटन हुनु भनेको नयाँ संविधान विपरित भएको जिकिर गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend