काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन ।
राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहिबार काभ्रेको पाँचखालमा संबोधन गर्दै सो धारणा व्यक्त गरेका हुन । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।
‘आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।
नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिदैँ अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले जनाए । राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।
नेपाली सेनाको उच्च अनुशासन, वफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्र संघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिव १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रर्दशन गरिसक्नु हाम्रा लागि खुसीको विषय भएको बताए ।
हाल विभिन्न ११ मिसनमा करिव ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ छ ।
‘नेपाली सेनाको सैनिक मात्र होईन्, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतिक हुनुहुन्छ तपाईंहरू, राष्ट्र संघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिवद्धताको इतिहासलाई तपाईहरूले निरन्तरता दिंदै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने । त्यसैगरी सेनाको परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्र संघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पुरा गर्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन ।
राष्ट्रपति पौडेलले हालको बदलिंदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा वृद्धि भईरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरु जानकार नै भएको उल्लेख गर्दै अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुन सक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रुपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरेका छन ।
‘विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रुपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्य सम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु’, राष्ट्रपति पौडेलले भने । सो क्रममा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पुर्व तयारी सम्बन्धी प्रस्तुतीको अवलोकन गरेका थिए । शान्ति मिशनसम्बन्धी विभिन्न तालिमबारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend