Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले कुवेतलाई ६ विकेटले हरायो


    बिहिबार, चैत्र २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हराएको छ। ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

    कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

    यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार