Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा चट्याङ लागेर एक जनाको मृत्यु


    बुधबार, चैत्र २७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । झापाको गौरादह नगरपालिका-५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।

    घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार