Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलबाट लागु औषधसहित थाइ महिला प्रकाउ


    बुधबार, चैत्र २७ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध जस्तो देखिने बस्तुसहित थाईल्याण्डकी नागरिक प्रकाउ परेकी छिन् ।

    गाँजा जस्तो देखिने करिब ६ किलोग्रामसहित २७ वर्षीया कोंकवान पुङस्वान मंगलबार दिउँसो पक्राउ परेकी हुन । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार