काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारले आह्वान गरेको वार्तामा बस्न तीन सर्त अघि सारेको छ ।
शिक्षा मन्त्रालयले आजका लागि बोलाएको वार्तामा महासंघले सर्त राखेको हो। मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई आज वार्तामा आउन भनेको थियो।
तर आफूहरू विद्यालय शिक्षा ऐन कसरी ल्याउने भन्ने विषयमा छलफल गर्ने भए मात्र वार्ता गर्न तयार रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
उनले भने, ‘२०८० असोज ५ गतेको सहमतिअनुसार माग पूरा गर्ने विषयमा मात्र छलफल गर्न तयार छौँ। पुन: के-के माग छन् भन्ने विषयमा मात्र हामी वार्तामा बस्दैनौँ।’
शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौँमा आन्दोलन गरिरहेको छ।
यस क्रममा चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन्। यस अघि पनि शिक्षा मन्त्रालयले चैत २१ र २२ गते शिक्षक महासंघलाई वार्तामा बोलाएको थियो। तर महासंघले अस्वीकार गर्यो।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend