Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


    बुधबार, चैत्र २७ २०८१
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बुधबार बस्ने भएको छ ।

    बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा बस्नेछ । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ। जसअनुसार समितिको वार्षिक कार्य तालिकाको समीक्षा गरिनेछ भने समितिले गर्न लागेको पुरातत्त्व विभागको भ्रमणबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

    साथै, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका सम्बन्धमा पनि बैठकमा कुराकानी हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार