काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । तर उनीहरुको पहिचान भने नखुलेको उनले बताए।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले बल्खुमा आज सभा आयोजना गरेको छ । सभालाई व्यवस्थित र मर्यादित गर्न उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । राप्रपाले पनि दर्जनौंको संख्यामा स्वयंसेवक परिचालन गरेको छ ।
साथै वरपर रहेका पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा पनि सुरक्षा सतर्कता बढाइएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend