काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताएका छन्। सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको औपचारिक समुद्घघाटन गर्दै मत्री भण्डारीले यस्तो बताएका हुन्।
समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा संघको आफ्नै प्रशासनिक भवन खरिद गर्नुका साथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा उहाँ प्रति आभार प्रकट गरे । साथै उनले संघको आसन्न निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गर्न सफलता प्राप्तीका लागि शुभकामना व्यक्त समेत गरेका छन् ।
त्यस्तै संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरावन्वित महशुस भएको बताए। भवन खरिदका लागि सम्पुर्ण व्यवसायीहरुले उत्साहपूर्ण सहयोग गरेको बताउँदै उनले सहयोगी सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । भवन खरिद गर्दैगर्दा कतिपय व्यवसायीहरुले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीहरुलाई पनि संघमा ऐक्यवद्ध हुन आग्रह गरे ।
त्यस्तै संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ९कुमार० ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरा गर्न सफल भएको खुशी व्यक्त गरे । वर्तमान नेतृत्वको अथक प्रयास पूर्वअध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगका कारण आज संघको आफ्नै भवन हुन सफल भएको उनले बताए। उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीहरुलाई थप सहयोग गर्न समेत आग्रह गरे ।
संघले काठमाडौंको सिफल चौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलमा व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर प्रशासनिक भवन निर्माण गरेका हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend