काठमाडौं । राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
चौलागाईंले हुँदै नभएको जग्गा आफ्नो भनी एक व्यक्तिबाट बैनाबापत् पैसा लिए। सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएका थिए ।
मालपोतको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि उनीविरूद्ध ती व्यक्ति उजुरी दिन पुगेका थिए ।
उनलाई दक्षिणढोकाबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। जिल्ला अदालत काठमाडौंले उनीविरूद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
चौलागाईंविरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा परेका छन्। जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend