काठमाडौं । राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
चौलागाईंले हुँदै नभएको जग्गा आफ्नो भनी एक व्यक्तिबाट बैनाबापत् पैसा लिए। सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएका थिए ।
मालपोतको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि उनीविरूद्ध ती व्यक्ति उजुरी दिन पुगेका थिए ।
उनलाई दक्षिणढोकाबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। जिल्ला अदालत काठमाडौंले उनीविरूद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
चौलागाईंविरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा परेका छन्। जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend