काठमाडौं । कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ। वन क्षेत्रलाई डढेलोबाट जोगाउनका लागि विभिन्न प्रयास भइरहे पनि मानवीय लापर्बाहीका कारण निकुञ्जको केही क्षेत्रमा आगलागी घटनाहरू बढी रहेका छन् ।
निकुञ्जको कोर क्षेत्र रानीताल, बरकौला, गोबरियालगायतमा डढेलोबाट वन क्षेत्रमा नोक्सान भएको छ। सो क्षेत्रमा एक हप्ताअगाडि लागेको डढेलो अहिले भने नियन्त्रणमा आइसकेको निकुञ्ज कार्यालयले बताएको छ।
निकुञ्ज आसपास रहेका किसानले गहुँ काटेर खेतमा आगो लगाउँदा निकुञ्जमा पनि डढेलो पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले जानकारी दिए । डढेलोबाट भुईँ क्षेत्रमा रहेका घाँस, वनस्पति, पातपतिङ्गर जलेर नष्ट भएको छ ।
यो वर्ष अहिलेसम्म पानी परेको छैन। पानी नपर्दा सुक्खा अझ बढेकाले विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ। निकुञ्जमा डढेलो लाग्ने निभाउने क्रम जारी छ। डढेलो नियन्त्रणका लागि नेपाली सेनासहितको डढेलो नियन्त्रण टोली बनाइएको छ। डढेलो लाग्ने बित्तिकै निभाउनका लागि टोली परिचालन हुने गरेको छ । निकुञ्ज क्षेत्रमा सानो सानो डढेलो अझै लागिरहेको र डढेलो नियन्त्रण टिमले निभाउने कार्य गरिरहेको निकुञ्ज कार्यालयले जनाएको छ । सानो आगो नियन्त्रण ल्याउन सके पनि ठुलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा ल्याउन भने निकै सकस हुन्छ ।
पानी नपर्दासम्म पातपतिङ्गर अझ सुक्ने गरेकाले वन क्षेत्रमा चाँडै डढेलो सल्कने गर्दछ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपत् पोर्टलका अनुसार एक वर्षको अवधि (२०२४ अप्रिल ५ देखि २०२५ अप्रिल ५ सम्म) मा सुदूरपश्चिम प्रदेशको ९५८ ठाउँमा डढेलो लागेको थियो।
मान्छेले जानी जानी आगो लगाउने, सल्केको चुरोट जथाभाबी फाल्नेलगायतका कारणले वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । यसै गरी भिरालो ठाउँबाट खसेको ढुङ्गा अर्को ढुङ्गामा ठोक्किँदा पनि डढेलो लाग्ने गरेको जनाइएको छ। यद्यपि, प्राकृतिक कारणले भन्दा पनि मानवीय कारणले वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend