Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरका कर्मचारीले पाए तलब


    सोमबार, चैत्र २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद प्रवेश गराएका थिए ।

    शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार