Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम तिम्सिनालाई


    सोमबार, चैत्र २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

    राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार बिदा लिएपछि खालि रहेको अवस्थामा तिम्सिनालाई कामु गभर्नर तोकेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार