काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन् ।
यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा, सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा तथा सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई पनि प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालयको सदस्यमा झरेका छन् ।
बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ ।
साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ । बैठकले केन्द्रीय समितिप्रति जबाफदेही रहने गरी केन्द्रीय सदस्यको कार्य विभाजनको क्रममा प्रदेश समन्वय कार्यालयलाई विगतमा गठन भएको मापदण्डलाई नै यथावत राखेर क्रियाशील गराउने निर्णय गरेको छ ।
बैठकले केही जिल्लाको इन्चार्ज पनि तोकेको छ । जस अनुसार तत्कालका लागि सप्तरीमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरीमा प्रकाश पोखरेल, बाजुरामा मनलाल खत्री, जाजरकोटमा गणेशप्रसाद सिंहलाई तोकिएको छ ।
यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका प्रदेश १ बाट जयराज लिम्बु र प्रवीण चाम्लिङ, मधेश प्रदेशबाट लक्ष्मी चौधरी र प्रमोद साह, बागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगी, कर्णाली प्रदेशबाट भीमबहादुर मल्ललाई पार्टीको वैकल्पिक केन्द्री सदस्य मनोनीत गरिएको छ भने कर्णालीबाटै तर्कबहादुर शाहीलाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
यस्तै विशिष्ट अवस्थामा भनेर प्रदेश १ बाट पूर्णसिंह राजवंशीलाई केन्द्रीय सदस्य, मधेश प्रदेशबाट पिएल श्रेष्ठ र सुदूरपश्चिम प्रदेशबाट हरिस ठकुल्लालाई वैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरिएको छ । बैठकले नन्दबहादुर पुनलाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनीत गर्नुका साथै पार्टीको उपाध्यक्षको जिम्मेवारी तोकिएको छ ।
पदाधिकारी बैठकले विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको छ ।
उनीहरूलाई विगतमा जुन तहमा रहँदै काम गरेका थिए, सम्बन्धित क्षेत्रको सोही तहमा पार्टी कमिटीमा संगठित गर्ने सुनिश्चित गरिएको छ भने केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको जानकारी गराउने निर्णय भएको छ ।
बैठकले विभागको बैठक बसेर सबै विभागलाई क्रियाशील बनाउने, विभागको सदस्यमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा पार्टी कार्यालयले निर्णय गर्ने र विभागीय सदस्य थप्नुपर्दा विषयगत विज्ञ मात्र राख्ने सुनिश्चित गरिएको छ । विभागको सन्दर्भमा केही निर्णय भएका र ती निर्णय सम्बन्धित विभाग र सम्बन्धित सदस्यलाई जानकारी गराउने पदाधिकारी बैठकले निर्णय गरेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend