Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपाले भोलि बल्खुमा सभा गर्ने


    सोमबार, चैत्र २५ २०८१
    850
    Shares
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ केन्द्रीय कार्यलयमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसँग भएको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : हरिराम भेटुवाल/ रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि (चैत २६ गते) को जनसभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न भनेपछि सोहीअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने बताए ।

    यसअघि चैत २६ गते अपरान्ह राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर, जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो । सो जानकारीपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले मागे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको जिल्ला सुरक्षा समितिको बैठकले निष्कर्ष निकालेको बताए ।

    राप्रपाले मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् । सभा शान्तिपूर्ण हुने राप्रपाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार