Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङबाट तीन नाल बन्दुकसहित दुई जना पक्राउ


    सोमबार, चैत्र २५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

    पक्राउ परेकाहरुको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको डीएसपी जोशीले जानकारी दिए । उनीहरुलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार