Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल बार एशोसिएसनको निर्वाचनको मतगणना आज


    सोमबार, चैत्र २५ २०८१
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमो मतपेटिका काठमाडौं ल्याउन ढिलाइ भएकाले आज (सोमबार)बाट मात्र मतगणना सुरु गर्न लागिएको हो ।

    निर्वाचन समितिका अनुसार आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ । नेपाल बार एसोसिएसनको भवनमा सात ठाउँमा मतगणना गर्ने तयारी छ । अध्यक्ष पदमा सत्ता साझेदार दल कांग्रेस–एमालेको गठबन्धनबाट डा. विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन् ।
    यसैगरी सत्ता इतर प्यानलबाट माओवादी केन्द्र निकट रमण श्रेष्ठ र महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार छन् ।

    शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार