काठमाडौं । प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका-३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चेक गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक समिर आलम, ३३ वर्षका मुन्ना अन्सारी, ४५ वर्षकी नोर्जान खातुन छन् । जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी दिएको हो ।
एम्बुलेन्स चालक मोहम्मद उमर भने एम्बुलेन्सको चाबी लिएर फरार भएपनि शनिबार पक्राउ परेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए । बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक गरी उक्त लागुऔषध काठमाडौं भित्र्याउन खोजेको बताएका छन् । भारी मात्राको लागुऔषध उनखीहरुले नेपाली व्यक्तिको लागि ल्याएको बताएका छन् ।
उक्त स्थानमा प्रहरी चौकी भट्टेडाँडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले एम्बुलेन्सभित्रबाट लागुऔषध ट्रामाडोल ९३ हजार ८०० क्याप्सुल बरामद गरेको हो ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend