काठमाडौं । प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका-३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चेक गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक समिर आलम, ३३ वर्षका मुन्ना अन्सारी, ४५ वर्षकी नोर्जान खातुन छन् । जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी दिएको हो ।
एम्बुलेन्स चालक मोहम्मद उमर भने एम्बुलेन्सको चाबी लिएर फरार भएपनि शनिबार पक्राउ परेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए । बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक गरी उक्त लागुऔषध काठमाडौं भित्र्याउन खोजेको बताएका छन् । भारी मात्राको लागुऔषध उनखीहरुले नेपाली व्यक्तिको लागि ल्याएको बताएका छन् ।
उक्त स्थानमा प्रहरी चौकी भट्टेडाँडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले एम्बुलेन्सभित्रबाट लागुऔषध ट्रामाडोल ९३ हजार ८०० क्याप्सुल बरामद गरेको हो ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend