Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने


    शनिबार, चैत्र २३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् ।

    शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् ।

    ओलीले शुक्रबार मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए ।उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए ।

    उनले भने, ‘उहाँको त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। र त्यो कार्यक्रम सेट भइसकेकाले उहाँ आउन सक्नुहुन्न। तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ।’

    उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार