सिड्नी । पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले जनाएको छ । दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको थियो ।
“सबै उपलब्ध आँकडाका आधारमा यस भूकम्पबाट सुनामीको खतरा अहिले बितिसकेको छ”, नजिकको निगरानी स्थलमा ‘कुनै सुनामी अवलोकन गरिएको छैन’ भन्दै केन्द्रले भन्यो । भूकम्प स्थानीय समयानुसार बिहान ६स्०४ बजे आएको थियो र नजिकैको प्रमुख सहर किम्बेबाट लगभग एक सय ९४ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित थियो ।
किम्बेको लिआमो रिफ रिसोर्टकी रिसेप्सनिस्ट मारोलिन सिम्बिकेनले अहिलेसम्म उनले कुनै क्षति नदेखेको बताए । “हामीले यहाँ भूकम्प महसुस गर्यौँ”, उनले भने, “तर ठूलो क्षति छैन । यहाँ केही क्षति भएन र कुनै खाली गर्ने आदेश थिएन ।”
वालिन्दी प्लान्टेसन रिसोर्टकी कर्मचारी बारबरा आइबिलोले ‘हल्का कम्पन’ को महसुस गरेको बताए । युएसजिएसका अनुसार त्यसपछि समुद्रको उही क्षेत्र नजिकै ४।९ देखि ५.३ सम्मको प्रारम्भिक म्याग्निच्युड भएका केही साना भूकम्पहरू गएका थिए ।
पपुआ न्यु गिनीमा भूकम्पहरू सामान्य छन् । यो मुलुक भूकम्पीय ‘रिङ अफ फायर’ ९दक्षिणपूर्व एसिया र प्रशान्त बेसिन भर फैलिएको तीव्र टेक्टोनिक गतिविधिको एक अर्क० माथि अवस्थित छ ।
तिनीहरूले कम जनसङ्ख्या भएका क्षेत्रहरूमा व्यापक क्षति नपुर्याउने भए पनि विनाशकारी पहिरोहरू निम्त्याउन सक्छन् ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend