Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै


    आइतबार, पुष २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक बस्दैछ ।

    नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक आइतबार दिउँसाे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

    बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बोलाइएको एक नेताले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ।

    एउटा समूहको नेतृत्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार