Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मोदीजीसँगको वार्ता सार्थक र सकारात्मक रह्यो, म खुसी व्यक्त गर्दछु: प्रधानमन्त्री ओली


    शुक्रबार, चैत्र २२ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताएका छन्।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्याण्डमा मोदीसँग भेट्न पाएकोमा खुशी व्यक्त गरेका हुन् ।

    मोदीसँगको भेटपछि फोटो राख्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यो आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।’

    ओलीसँगको भेटपछि मोदीले पनि दुई देशको सम्बन्ध बलियो भएको विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार