Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुने घटनाको छानबिन गर्न मानवअधिकार आयोगले बनायो समिति


    शुक्रबार, चैत्र २२ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । आयोगले शुक्रबार सदस्य मनोज दुवाडीको संयोजकत्वमा छानबिन समिति बनाएको हो ।

    चैत १५ मा प्रहरी र राजावादीबीच झडप हुँदा पत्रकारसहित २ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

    प्रहरीको गोली लागि सविन महर्जनको मृत्यु भएको हो भने आन्दोलनकारीले निजी भवनमा लगाएको आगोमा जलेर फोटो पत्रकार सुरेज रजकको ज्यान गएको थियो ।

    आक्रोशित राजावादी प्रदर्शनकारीले घर, कलकारखाना, पार्टी कार्यालय, सञ्चारगृहमा समेत तोडफोड गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार